सामाजिक सुरक्षा कोषमा तत्काल आवद्ध गराउन सरकारसँग अस्थायी शिक्षकहरुको माग

काठमाडौं । अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफूहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष तत्काल आवद्ध गर्न सरकारसँग माग गरेका छन ।

नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो माग गरेको हो ।

आफूहरुको पेशागत निरन्तरता सुनिश्चित हुनेगरी सामाजिक सुरक्षा कोषमा तत्काल आवद्ध गराउन सरकारलाई दवाव दिनुपरेको महासंघका केन्द्रिय तदर्थं समितिका सदस्य शंकर जिसीले बताए ।

उनले उमेर पुगी र स्वेच्छिक अवकाशमा जाने चाहने अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई सम्मानजनक ढंगले गोल्डेन ह्याण्डसेक उपलब्ध गराउन पनि सरकारलाई सचेत गराए । ‘उमेर पुगेका तथा स्वेच्छिक रुपमा पेशाबाट बाहिरिन चाहने राहत तथा अस्थायी प्रकृतिका शिक्षकहरुलाई सम्मानजनक गोल्डेन ह्यान्डसेक सुविधा उपलब्धक गरिनुपर्ने । राहत तथा सम्पूर्ण अस्थायी प्रकृति शिक्षक कर्मचारीहरुलाईं योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरी पेशागत निरन्तरता सुनिश्चित गरिनुपर्ने’ उनले भने ।

महासंघले आफूहरुको माग सम्बोधन हुनेगरी शिक्षा सम्बन्धि ऐन तथा नियमावली संशोधन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =