पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
२०८३ असार ३० गते

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
इजलासले दोषी ठहर गरेपनि सजाय भने तोकेको छैन । सजायका लागि आगामी ३२ गते सजाय निर्धारणका लागि अर्को पेसी तोकिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले २०८२ साउनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । राजेश अहिराज मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख, पत्रकार तथा मधेशवादी कार्यकर्ता पनि हुन् ।
२०८३ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित








