प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ वैशाख १३ गते

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सोमबार दिउँसो बस्नेगरि बैठक आह्वान गरिएको हो । एक मन्त्रीका अनुसार केही बेरअघि मात्र मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिइएको हो ।
काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित सुकुम्वासी बस्ती हटाउने क्रम जारी रहँदा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्री शाहकै निर्देशनमा शनिबारदेखि बस्ती हटाउने अभियान तीव्र बनाइएको छ ।
२०८३ वैशाख १३ गते
प्रतिक्रिया
सम्बन्धित








