सुकुम्वासी बस्ती भत्काउँदा फुट्यो खानेपानीको पाइप
२०८३ वैशाख १२ गते

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर प्रयोग गरी टहरा भत्काउने क्रममा मुख्य खानेपानीको पाइप फुटेको छ ।
शनिवार बिहान भएको उक्त घटनाका कारण बालाजु, माइतीघर र एकान्तकुना क्षेत्रमा खानेपानी आपूर्ति प्रभावित भएको छ ।
पाइप मर्मतकार्यका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले यी तीन क्षेत्रका भल्भहरू बन्द गर्ने निर्णय गरेको छ । पाइपमा कति क्षति पुगेको छ भन्नेबारे यकिन भइसकेको छैन ।
डोजरले पाइपमा क्षति पुर्याएपछि बस्तीमा पानीको ठूलो भेल बगेको थियो, जसका कारण सुकुम्वासी बस्तीका बासिन्दाले घरबाट निकालेका सामानहरू भिजेर नष्ट भएका छन् ।
२०८३ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित








