वडा कार्यालयमै सब इन्जिनियरमाथि कुटपिट, कर्मचारीले रोके सेवा

काठमाडौँ । भानु नगरपालिका वडा नम्बर ९ पुर्कोटमा कार्यरत कर्मचारीमाथि कार्यालय समयमै दुव्र्यवहार तथा कुटपिट भएको छ ।

आज बिहीबार दिउँसो करिब २ बजे सेवा प्रवाह भइरहेका बेला स्थानीय वुद्ध श्रेष्ठले मादक पदार्थ सेवन गरी सब इन्जिनियर हर्कबहादुर सिंजापतीमाथि कुटपिट गरेका हुन् । उनले अश्लील तथा अपशब्द प्रयोग गर्दै कुटपिटसमेत गरेका थिए ।

स्थानीयबाट दुव्र्यवहार तथा कुटपिट भएपछि कर्मचारीहरूले आपत्ति जनाउँदै कडा कारबाहीको माग गरेका छन् ।

घटनापछि कर्मचारीहरूले आफूहरू मर्माहत भएको जनाउँदै यस्तो घटनाले कर्मचारीको मनोबल कमजोर बनाएको र सेवाग्राहीमा समेत असुरक्षा तथा त्रासको वातावरण सिर्जना गरेको बताएका छन् ।

कर्मचारीहरूले दोषी व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् । साथै, कर्मचारीहरूको सुरक्षा सुनिश्चित नभए सेवा प्रवाह बन्द गरी आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

भानु नगरपालिकामा कार्यरत कर्मचारीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =