संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको बैठक आज बस्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ । बैठकमा विभिन्न राजनीतिक दलहरूले उपलब्ध गराएका लिखित धारणा आधारमा पहिचान गरिएका संविधान संशोधनका विषयहरूमा विस्तृत छलफल हुने जनाइएको छ ।

यससँगै कार्यदलले आगामी दिनमा सञ्चालन गर्ने कामकारबाही तथा प्रस्तावित कार्ययोजनाबारे पनि बैठकमा छलफल गर्ने कार्यसूची रहेको छ ।

संविधानलाई समयसापेक्ष र परिष्कृत बनाउने उद्देश्यसहित राजनीतिक दलहरूका सुझाव समेटेर साझा बहसपत्र तयार गर्ने जिम्मेवारी उक्त कार्यदललाई दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =