प्रधानमन्त्री बालेनसँग छलफलमा गृहमन्त्री गुरुङ
२०८३ वैशाख ९ गते

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।
विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै गुरुङ चौतर्फी आलोचनामा परेका छन् । सोही विषयमा छलफल गर्न उनी प्रधानमन्त्रीसँग भेटवार्ता गर्न पुगेका हुन् ।
यस प्रकरणलाई लिएर गृहमन्त्री गुरुङमाथि पदबाट राजीनामा दिन दबाब बढ्दै गएको छ ।
२०८३ वैशाख ९ गते
प्रतिक्रिया
सम्बन्धित








