रात्रिकालीन खेलका लागि त्रिवि मैदान तयार (तस्बिरहरू)

काठमाडौं । नेपाल र यूएईबीच हुने रात्रिकालीन टी–२० क्रिकेट शृंखलाका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पूर्ण रूपमा तयार भएको छ ।

टी–२० शृंखला सोमबारदेखि सुरु हुँदैछ । पहिलो खेल वैशाख ७ गते साँझ ७ बजे नेपाल र यूएईबीच हुनेछ । दर्शकहरूले खेलको टिकट ‘खल्ती’ एपमार्फत खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार शृंखलाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । शनिबार साँझ त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट परीक्षण समेत सफलतापूर्वक सम्पन्न गरिएको क्यानले जनाएको छ ।

रात्रिकालीन खेल आयोजना हुन लागेकाले फ्लडलाइटको परीक्षणलाई विशेष महत्त्व दिइएको थियो । यस शृंखलाले नेपाली क्रिकेट समर्थकहरूलाई साँझको समयमा अन्तर्राष्ट्रिय खेलको रोमाञ्च अनुभव गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =