यूएईविरुद्ध टी–२०आई शृंखलाका लागि नेपाली टोली घोषणा, दीपेन्द्र ऐरी कप्तान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यूएईविरुद्ध हुने टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोली घोषणा गरेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार र मंगलबार हुने खेलका लागि टोली सार्वजनिक गरिएको हो ।

क्यानले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । नियमित कप्तान रोहित पौडेल भने यसपटक टी–२०आई टोलीमा अटाएका छैनन् ।

टोलीमा कुशल मल्लअर्जुन साउदको पुनरागमन भएको छ । मल्लले पछिल्लोपटक टी–२० विश्वकप एसिया छनोटमा खेलेका थिए भने साउदले सन् २०२२ मा केन्याविरुद्ध अन्तिम खेल खेलेका थिए ।

यसैगरी सन्तोष यादवहेमन्त धामीले पहिलोपटक टी–२०आई टोलीमा स्थान बनाएका छन् । दुवैले अझै अन्तर्राष्ट्रिय डेब्यू गर्न बाँकी छ ।

क्यानले टी–२०आई टोलीको कप्तानी ऐरीले गर्ने र एकदिवसीय टोलीको कप्तानी भने रोहित पौडेलले नै सम्हाल्ने जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =