मुक्तिनाथ विकास बैंकको सीइओ बने तारा मानन्धर
२०८३ वैशाख ४ गते

काठमाडौं । मुक्तिनाथ विकास बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा तारा मानन्धर नियुक्त भएका छन् । उनलाई बैंकको सञ्चालक समितिको वैशाख ३ गते बसेको बैठकले ४ वर्षका लागि सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मानन्धरले जेठ १ गते औपचारिक रूपमा पदभार ग्रहण गर्ने जनाइएको छ । उनी नेपाली बैंकिङ क्षेत्रमा सुपरिचित व्यक्ति हुन् ।
तत्कालीन नेपाल बंगलादेश बैंकबाट आफ्नो बैंकिङ यात्रा सुरु मानन्धरले साविकको एनसीसी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, साविकको बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंक, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक र प्राइम कमर्शियल बैंकलगायत नेपालका बैंकहरूमा काम गरिसकेका छन् ।
२०८३ वैशाख ४ गते
प्रतिक्रिया









