कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण
२०८३ वैशाख २ गते

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
यसअघि चैत १४ गते पार्टीको लेटरहेड दुरुपयोग गरी विज्ञप्ति जारी गरेको आरोपमा चैत १८ गते बसेको समितिको बैठकले उनलाई एक पटकका लागि सचेत गराएको थियो । त्यसपछि चैत ३० गते उनले आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै पुनः प्रेस विज्ञप्ति जारी गरेको भन्दै विवाद थपिएको बताइएको छ ।
पूर्णबहादुर खड्काको उक्त कार्य पार्टीको विधान विपरीत भएको ठहर गर्दै नेपाली कांग्रेसले विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम सात दिने स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो ।
२०८३ वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित








