मन्त्री बन्न नपाएपछि कांग्रेस सांसद कुँवरले दिए राजीनामा

काठमाडौं । बागलुङबाट निर्वाचित नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् ।

बुधबार उनले आफ्नो राजीनामा कृष्णप्रसाद धिताल समक्ष बुझाएका हुन् । मन्त्रिपरिषद् पुनर्गठनप्रति असन्तुष्टि जनाउँदै कुँवरले राजीनामा दिएको जनाइएको छ ।

कुँवर पार्टीभित्र गगन थापा पक्षधर नेताका रूपमा चिनिन्छन् । मन्त्रिपरिषद् पुनर्गठनका क्रममा आफू पनि सरकारमा सहभागी हुने अपेक्षा राखेका उनले अवसर नपाएपछि असन्तुष्टि जनाएका हुन् । कांग्रेसबाट बागलुङका सभापति जित शेरचनलाई आर्थिक मामिला मन्त्री बनाइएको छ ।

राजीनामा पत्रमा भने कुँवरले कुनै विशेष कारण खुलाएका छैनन् । उनले आफूलाई निर्वाचित गराउने मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन् ।

यता सभामुख कृष्णप्रसाद धितालले राजीनामा स्वीकृत गर्ने विषयमा तत्काल निर्णय नगर्ने संकेत दिएका छन् । “दलका साथीहरूसँग सल्लाह गर्छु, मलाई हतार छैन,” उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =