रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक वैशाख ३ गते भोली बस्ने भएको छ ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बैठक दिनको १२ः१५ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने जानकारी दिए ।

बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धी विषय मुख्य कार्यसूचीका रूपमा रहनेछ । साथै, अन्य विविध विषयमा समेत छलफल गरिने जनाइएको छ ।

पार्टीले सबै सम्बन्धित सदस्यहरूलाई तोकिएको समयमै उपस्थित हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =