सुदन किरातीको प्रश्नः गणतन्त्रलाई रास्वपाले खिलको रूपमा लिन थालेको हो ?

काठमाडौं । पूर्वमन्त्री सुदन किरातीले वतर्मान सरकार र राजनीतिक नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।

उनले देश निर्माणका लागि के गर्नुपर्छ भन्ने ज्ञान मात्र पर्याप्त नहुने, के गर्नु हुँदैन भन्ने चेतना पनि उत्तिकै आवश्यक हुने बताएका छन् ।

किरातीले बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धतापत्र’मा पूर्व–पश्चिम राजमार्गलाई ‘महेन्द्र राजमार्ग’ नामाकरण गर्न खोजिएको सन्देशप्रति आपत्ति जनाएका छन् ।

गणतान्त्रिक व्यवस्थामा राजतन्त्रसँग जोडिएका प्रतीकहरूप्रति आकर्षण देखिनु उचित हो कि होइन भन्ने प्रश्न उनले उठाएका छन् । ‘बालेन सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिवद्धता पत्र“मा पूर्व–पश्चिम राजमार्गलाई “महेन्द्र राजमार्ग” नामाकरण गरेर दिनु खोजेको सन्देश के हो ? गणतान्त्रिक सरकारलाई राजतन्त्रसँग जोडिएका प्रतीकहरूप्रति अति मोह जागृत भएको हो ?’ उनले भने ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वर्षको अवसरमा दिएको सन्देशप्रति पनि उनले टिप्पणी गरेका छन् । लामिछानेले “यो खिल निकाल्ने वर्ष हो, पीडा हुन सक्छ” भन्ने अभिव्यक्ति दिएको सन्दर्भ जोड्दै किरातीले प्रश्न गरेका हुन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले नयाँ वर्षको शुभकामना सँगै “यो खिल निकाल्ने वर्ष हो, पीडा हुन सक्छ“ भन्नु भएको थियो । के गणतन्त्रलाई रास्वपाले खिलको रूपमा लिन थालेको हो ?’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =