केपी ओली आइसियुमा, स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई शल्यक्रियापछि सघन उपचार कक्ष (आइसियु)मै राखिएको छ ।

सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनको पित्तथैलीको शल्यक्रिया गरिएको थियो । ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको छ ।

“अध्यक्ष ओली अहिले आइसियुमै हुनुहुन्छ । सम्भवतः भोलि वार्डमा सारिनेछ । उहाँ केही दिन अस्पतालमै रहनुहुने चिकित्सकहरूले बताएका छन्,” सचिवालयका एक सदस्यले भने ।

शल्यक्रियामा नेफ्रोलोजी विभाग प्रमुख प्राडा दिव्यासिंह शाह र प्राडा महेशराज सिग्देलको नेतृत्वमा टोली संलग्न थियो । टोलीमा प्राडा पलेश्वा जोशी लाखे, सहप्राडा विष्णुप्रसाद कँडेल र डा. दीपक शर्मा सहभागी थिए ।

त्यसैगरी एनेस्थेसियोलोजी तर्फबाट डा. अमित शर्मा भट्टराई र डा. पंकज जोशी संलग्न थिए ।

हाल आइसियुमा प्राडा प्रमेशसुन्दर श्रेष्ठ र डा. हेमराज पनेरूको निगरानीमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =