जलेश्वरमा आफ्नै पार्टीका कार्यकर्ताद्वारा अमरेश कुमार सिंहविरुद्ध प्रदर्शन

काठमाडौं । रास्वपा सांसद अमरेश कुमार सिंहविरुद्ध महोत्तरीको सदरमुकाम जलेश्वरमा आफ्नै पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

सोमबार जलेश्वरस्थित प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा अन्य सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गरिरहँदा उनीविरुद्ध नाराबाजी गरिएको हो ।

स्थानीय नेता तथा कार्यकर्तासँग समन्वय नगरी सरकारी अधिकारीहरूसँग छलफल गरेको आरोप लगाउँदै कार्यकर्ताहरू आक्रोशित बनेका थिए । प्रदर्शनका क्रममा उनीहरूले ‘अमरेश सिंह मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनकारीहरू बैठक कक्षमै प्रवेश गर्न खोजे पनि प्रहरीले उनीहरूलाई रोकेको थियो । विरोध प्रदर्शनमा प्रकाश पाठकलगायत स्थानीय रास्वपाका कार्यकर्ताहरू सहभागी थिए ।

सिंह सर्लाही-४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने जलेश्वर महोत्तरी क्षेत्र नं. ३ अन्तर्गत पर्छ । यस क्षेत्रबाट रास्वपाका उज्वल झानिर्वाचित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 4 =