बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

मध्यविन्दु । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

आज साँझ माछा मार्ने क्रममा अचानक विस्फोट हुँदा पाल्पाको निस्दी गाउँपालिका–५ का ३८ वर्षीय खुमबहादुर सुनारी र ३५ वर्षीय रोमन सिंह खरु मगर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

घाइते दुवैलाई गम्भीर चोट लागेकाले उपचारका लागि रामपुर अस्पताल, पाल्पा लगिएको उहाँले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =