मन्त्री प्रतिभा रावलसँग बूढानीलकण्ठ र बारामा जग्गा, २५ तोला सुन, २० लाख ऋण

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् ।

आइतबार सार्वजनिक गरिएको विवरणअनुसार काठमाडौंको बूढानीलकण्ठमा ७० लाख रुपैयाँ मूल्य बराबरको र बारामा ५० लाख रुपैयाँ मूल्यको जग्गा रहेको उल्लेख गरिएको छ । ती जग्गा खरिदको स्रोत श्रीमान्को आय रहेको जनाइएको छ ।

त्यस्तै, मन्त्रीसँग २५ तोला सुन रहेको विवरणमा उल्लेख छ । उक्त सुनको स्रोत स्वआर्जन तथा परिवारबाट प्राप्त उपहार भएको बताइएको छ ।

बैंक खातातर्फ विभिन्न बैंकमा गरी २४ लाख रुपैयाँभन्दा बढी मौज्दात रहेको विवरणमा जनाइएको छ, जसको स्रोत श्रीमान्को आय रहेको उल्लेख छ ।

यसैबीच, एभरेष्ट बैंकबाट २०८२ साल जेठमा २० लाख रुपैयाँ ऋण लिएको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

त्यसैगरी, करिब ४४ लाख रुपैयाँ मूल्य पर्ने एउटा गाडीसमेत रहेको विवरणमा जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 6 =