मुद्दा होइन, महाधिवेशनमा केन्द्रित हुन पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसभित्र जारी विवादका बीच मुद्दा मामिलातिर लाग्नु भन्दा महाधिवेशनमा केन्द्रित हुन आग्रह गरेका छन् ।

तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनविरुद्ध सर्वोच्च अदालत गएको सन्दर्भमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

आगामी १५ औँ महाधिवेशनलाई लक्षित गर्दै प्रदीप पौडेलले सबै नेता–कार्यकर्तालाई तयारीमा जुट्न आह्वान गरे । नेपाली कांग्रेसले असोज महिनामा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

दाङमा आइतबार आयोजित निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले महाधिवेशनले सबै पक्षलाई समेट्ने विश्वास व्यक्त गरे । ‘यो समय मुद्दा मामिलाको होइन, महाधिवेशनको हो । मिति घोषणा भइसकेर प्रक्रिया अघि बढिसकेको अवस्थामा सहभागी भएर आफ्ना धारणा राख्नु सबैका लागि उपयुक्त हुन्छ । अदालततिर होइन, महाधिवेशनतिर ध्यान दिनु आवश्यक छ’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =