ब्ल्याक+डेकरको नयाँ वर्ष विशेष योजना सार्वजनिक, आकर्षक उपहार र विदेश भ्रमण अवसर

काठमाडौँ । विश्वप्रख्यात अमेरिकी घरायासी उपकरण ब्रान्ड ब्ल्याक+डेकरले आफ्नो ११६ वर्ष लामो आविष्कार र उत्कृष्टताको विरासतलाई निरन्तरता दिँदै नेपाली उपभोक्ताहरूका लागि नयाँ वर्ष २०८३ विशेष उपहार योजना घोषणा गरेको छ ।
नेपालका लागि आधिकारिक विक्रेता सिजी इलेक्ट्रोनिक्सले “Own the Future. Own the BLACK+DECKER!” नामक यस अभियानमार्फत ग्राहकहरूको नयाँ वर्षलाई थप उत्साहजनक बनाउने लक्ष्य राखेको छ ।
सन् १९१० देखि नवप्रवर्तन र दक्षतामा आधारित उपकरणहरू निर्माण गर्दै आएको यस ब्रान्डले आफ्ना प्रिमियम उत्पादनहरूको खरिदमा आकर्षक उपहार र वैदेशिक भ्रमणको अवसर प्रदान गरेको हो ।
यस विशेष योजना अन्तर्गत ब्ल्याक+डेकरका उपकरणहरूको खरिदमा ग्राहकहरूले निम्नलिखित उपहारहरू प्राप्त गर्नेछन् :
- निश्चित उपहारः विभिन्न घरायासी उपकरणहरूको खरिदमा इलेक्ट्रिक केटल, किचन एप्रोन, एरोमा किट वा डिस्पोजेबल एयर फ्रायर लाइनर्स जस्ता उपयोगी सामग्रीहरू ।
- बम्पर लक्की ड्र : अभियानको अन्त्यमा भाग्यशाली विजेताहरूले अविस्मरणीय भियतनाम भ्रमण, तथा मेघौली सराहीमा लक्जरी स्टे जित्ने सुवर्ण अवसर प्राप्त गर्नेछन् ।
पनि उपकरण खरिद गरी सामानमा उपलब्ध QR कोड स्क्यान गर्नुपर्नेछ । आफ्नो विवरण डिजिटल रूपमा दर्ता गरेपछि ग्राहकहरू स्वतः बम्पर लक्की ड्रको प्रक्रियामा सामेल हुनेछन् ।
यो योजना चैत २२ गतेदेखि देशभरका सिजी डिजिटल शोरुमहरू, एलजी शपी, तथा आधिकारिक विक्रेतामार्फत सीमित अवधिका लागि लागू गरिएको छ । ग्राहकहरूको सहजताका लागि कम्पनीले नागरिकता मात्र भए पुग्ने ‘सजिलो EMI’ सुविधा समेत उपलब्ध गराएको छ ।
“Make Life Easier” भन्ने मूलमन्त्रका साथ ब्ल्याक+डेकरले प्रयोगकर्ता–मैत्री डिजाइन, ऊर्जा दक्षता र दीर्घकालीन टिकाउपनामा विशेष जोड दिँदै आएको छ। नेपालमा उपलब्ध सबै उत्पादनहरूमा २४ महिनाको वारेन्टी प्रदान गरिएको छ। साथै, सिजी इलेक्ट्रोनिक्सले आफ्नो देशभर रहेका ४० वटा सेवा केन्द्रहरू र मजबुत सर्भिस नेटवर्कमार्फत उत्कृष्ट बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ।








