फास्ट बलर करण केसीलाई कारबाही, एक खेलमा प्रतिबन्ध र म्याच फी कटौती

काठमाडौँ । नेपाली क्रिकेट टिमका सदस्य करण केसी नेपाल क्रिकेट संघ (क्यान)को कारबाहीमा परेका छन् ।

केसीको विवादित अभिव्यक्तिका कारण क्यानले एक म्याच प्रतिबन्ध तथा म्याच फी काट्ने निर्णय लिएको हो ।

प्रतिबन्धका कारण केसीले आजको म्याच खेल्न पाएनन् । आज नेपाल पुलिस र मधेसबीचको म्याच थियो । तर, उनले खेल्न पाएनन् । करणले पुलिस टिमबाट खेल्दै आएका छन् । आजको म्याचको म्याच फी पनि काटिएको छ ।

क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा करणको अभिव्यक्ति खेल भावना अनुरूप नभएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + ten =