एकता शाहको एमबिबिएस अध्ययन मन्त्रालयको प्रस्तावमा सरकारको निर्णय: शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जेन–जी आन्दोलन (विस २०८२ भदौ २३ र २४ गते) की घाइते–अपाङ्ग एकता शाहलाई निःशुल्क एमबिबिएस अध्ययनको अवसर उपलब्ध गराउने विषयलाई लिएर केही सञ्चार माध्यममा प्रकाशित, प्रसारित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नेपाल सरकाबाट विस २०८२ चैत १ गते अन्तरिम मन्त्रिपरिषद्को कार्यकालमा भएको निर्णयलाई लिएर केही सञ्चारमाध्यमले अनर्गल प्रचार गरेको भन्दै उक्त निर्णयबाट प्रचलित कानुन बमोजिम अरु कसैले पाउने अवसरलाई संकुचन एवं बाधा समेत नपरेको स्पष्ट पारेका छन् ।

साथै, जेनजी आन्दोलनमा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ को दफा ११ अन्तर्गतको प्रावधान कार्यान्वयका पृष्ठभूमिमा चिकित्सा शिक्षा आयोगको अनुरोध र यस मन्त्रालयको नियमानुसारको प्रस्तावमा सरकारले यस्तो निर्णय लिइएको मन्त्रालयले स्पष्ट पारेको छ ।

जेन–जी आन्दोलनकी घाइते कार्ड नम्बर १६५ की एकता शाहले चिकित्सा शिक्षा आयोगबाट शैक्षिक वर्ष २०८२/८३ को लागि सञ्चालित एमबिबिएस कार्यक्रमको प्रवेश परीक्षामा ५७.५ प्राप्ताङ्क सहित उत्तीर्ण गरेको पनि मन्त्रालयले जनाएको छ ।

‘प्रचलित कानुन एवं राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अन्तर्गत व्यवस्था गरिएको निःशुल्क छात्रवृत्ति कोटा बाहेक अतिरिक्त कोटाको रूपमा विशेष छात्रवृत्ति कोटामा मनोनयन गरी सरकारबाट बजेट व्यवस्था गरी विशेष कार्यक्रमका रूपमा एमबिबिएस अध्ययन गर्ने व्यवस्था चिकित्सा शिक्षा अयोगले गर्ने गरी नेपाल सरकारबाट निर्णय भएकोले यसबाट प्रचलित कानुन बमोजिम अरुकसैले पाउने अवसरलाई संकुचन एवं बाधा समेत नपरेको बेहोरा स्पष्ट गरिन्छ ।’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 20 =