बजार अनुगमन जारी : आज ५६ फर्ममा अनुगमन

काठमाडौं । बजारलाई स्वच्छ, मर्यादित बनाउन नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५६ फर्ममा अनुगमन गरेको छ ।

विभागले उपलब्ध गराएको विवरणअनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवम् कारवाही गरिएको छ ।

काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न फर्म तथा व्यवसायमा विभागले अनुगमन गरेको थियो ।

उल्लेख्य रूपमा फर्म तथा व्यवसायमा अनुगमन गरिएको र सुधारात्मक निर्देशन दिइएको विभागले शुक्रबार उल्लेख गरेको छ ।

कालाबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरण नियन्त्रण तथा अधिकत्तम खुद्रा मूल्य कायम गरे नगरेको विषयमा विभागले नियमित बजार अनुगमन गर्दै आएको छ ।

बिहीबार ५१ फर्ममा अनुगमन गरेको विभागले शुक्रबार ५६ फर्ममा अनुगमन गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =