देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी र कैलालीबाट छ/छ, झापा र मोरङबाट तीन/तीन, नुवाकोट, सुर्खेत र स्याङ्जाबाट दुई/दुई र सिरहाबाट एक जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि बुप्रेनोर्फिन र डाइजेपाम बरामद गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eight =