कहाँ पुल बनाउँदै छु हेर्न आऊ, नत्र बढ्ता कुरा नगर !- हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूले बनाउन लागेको पुलबारे सामाजिक सञ्जालमा विभिन्न नकारात्मक टिका टिप्पणी नगर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा बिहीबार एक स्ट्याटस लेख्दै आफूले कहाँ पुल बनाउँदै छु हेर्न आउन नत्र बढ्ता कुरा नगर्न आग्रह गरेका हुन् ।

‘मैले कहाँ पुल बनाउँदै छु त्यो तिमीलाई हेर्न र बुझ्न मन लागे आफै एकचोटि आऊ न ल ! दार्चुला, ब्यास २ दुम्लिङ गाउँमा आऊ न ल ! एक चोटि आइदेऊ ! नत्र बढ्ता कुरा नगर !’ उनले लेखेका छन् ।

उनी स्वयंले दार्चुला, ब्यास २ दुम्लिङ गाउँमा पुल बनाउन लगिएको जानकारी पनि दिएका छन् ।

केहिसमय अगाडी साम्पाङले नेपाल–भारतको सीमामा पर्ने महाकाली नदीमा तुइन विस्थापन गर्न भनेर चन्दा उठाएका थिए । तर अन्तर्राष्ट्रिय सिमानामा एकलौटी पुल बन्न नसक्ने भएपछि उनले हिजो मङ्गलवार चैत २५ गते दार्चुलाकै घट्टे खोलामा झोलुङ्गे पुलको शिलान्यास गरे ।

पहिला काठे पुल रहेको ठाउँमा अब पुल बनाउन लागिएको हो ।

यसबीच महाकाली नदीमा तुइन विस्थापन गर्न भनेर चन्दा सङ्कलन गरेको तर अन्तै पुल बनाउन लागिएको भन्दै साम्पाङको आलोचना पनि भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =