श्रममन्त्री साहलाई पदबाट हटाउने प्रधानमन्त्री बालेनको तयारी

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरिरहेका छन् ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन् । ‘श्रम मन्त्रीलाई पदबाट हटाएर नयाँ मन्त्री नियुक्त गर्ने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ स्रोतले भन्यो ।

साह हाल महोत्तरी २ बाट प्रतिनिधि सभाका निर्वाचित सदस्य हुन् । साह मन्त्री बनेको आज १४ दिन पुगेको छ । उनलाई आजै मन्त्री पदबाट हटाउने तयारी रहेको प्रधानमन्त्री निकट स्रोतले बतायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − four =