दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रवार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ९५ बमोजिम शुक्रवार दिउँसो तीन बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने छन् । राष्ट्रपतिले दुवै सदनका सदस्यहरूलाई उपस्थितिका लागि आह्वान पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =