महावीर पुनको आग्रह- नातावाद, कृपावाद र चाकरीवादजस्ता भाइरसबाट बच्नुहोस्

काठमाडौँ । सांसद महावीर पुनले देशमा जरा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता प्रवृत्तिले शासन प्रणालीलाई कमजोर बनाएको उल्लेख गर्दै यस्ता विकृतिबाट मुक्त हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

सांसद पुनले नेपाल एकीकरणपछिदेखि नै यस्तो प्रवृत्ति मौलाउँदै आएको दाबी गर्दै आगामी दिनमा मन्त्री वा सांसदले आफ्ना आफन्तलाई सार्वजनिक पदमा नियुक्त नगर्ने प्रवृत्ति सिर्जना गर्न आग्रह गरेका हुन् ।

फरक प्रसङ्गमा बोल्दै उनले गुम्ली जिल्लालाई २०७५ सालमै हिमाली जिल्ला घोषणा गरिए पनि सोअनुसारका सेवा–सुविधा नपाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले भने ‘गुम्ली जिल्लालाई २०७५ सालमा हिमाली जिल्ला घोषणा गरेको रहेछ । तर हिमाली जिल्लाले पाउने सुविधाहरू केही पनि त्यहाँ गएको रहेनछ । हिमाली जिल्लाले पाउनुपर्ने सेवा सुविधाहरू उपलब्ध गराउन अनुरोध गर्दछु । साथै म सरकार र सबै राजनीतिक दलहरूलाई के अनुरोध गर्न चाहन्छु भने, नेपालमा सदियौँदेखि रहेको नातावाद, कृपावाद, चाप्लुसिवाद र चाकरीवादजस्ता भाइरसबाट बच्नुहोस् भन्न चाहन्छु । यो भाइरस खासगरी नेपाल एकीकरण भएपछि रणबहादुर शाहको पालादेखि सुरु भएको हो । यो भाइरसले अझै पनि छोडेको छैन । अगामी दिनमा यो मन्त्रीले, सांसदले आफ्नो आफन्तलाई फलानो पदमा नियुक्त गर्यो भन्ने कुरा सुन्नु नपरोस् ।’

हिमाली जिल्लाले पाउनुपर्ने आधारभूत सेवा र सुविधा तत्काल उपलब्ध गराउन समेत माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =