इन्धन आयातमा लगाइने अप्रत्यक्ष करलाई स्थायी रूपमा घटाइयोस्- काँग्रेस सांसद थापा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले इन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपले नै घटाउन आग्रह गरेका छन् ।

राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विशेष समयमा उनले यस्तो आग्रह गरेका हुन् ।

सरकारले गरेको इन्धन आयातमा कर तथा अप्रत्यक्ष शुल्क घटाउने निर्णयलाई स्वागत गर्दै उनले यसलाई दीर्घकालीन रूपमा नै लैजान वा कर पुनरावलोकन गर्न सुझाव दिए । उनले इन्धनको मूल्य सुपथ बनाउँदा अर्थतन्त्र नै चलायमान हुने उल्लेख गरे ।

उनले हाल मध्येपुर्वमा भइरहेको युद्धका कारण इन्धन आपूर्तिमा समस्या देखिएको बताउँदै भारत सरकारसँग सहकार्य गरेर निरन्तर आपूर्तिको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरे ।

उनले भने ‘आजको युगमा कुनैपनि द्वन्द्वले विश्वभर प्रभाव पार्दछ । विशेषगरी नेपाल जस्तो भूपरिवेष्टित देशमा यसको प्रभाव अझ बढी छ । हाम्रो ऊर्जा आपूर्ति भारतमार्फत निर्भर रहेको सन्दर्भमा म नेपाल सरकारलाई यस अवस्थालाई नजिकबाट निगरानी गर्न तथा भारत सरकारसँग समन्वय गरि इन्धन आपूर्तिमा निरन्तरताको सुनिश्चितता गर्न आग्रह गर्दछु । साथै इन्धनको मूल्यवृद्धिले समग्र अर्थतन्त्रमा गम्भीर प्रभाव पार्नेछ, यस सन्दर्भमा अर्थमन्त्रीज्यूले इन्धन आयातमा कर तथा अप्रत्यक्ष शुल्क घटाउने निर्णय लिनुभएकोमा म स्वागत गर्दछु । तर म सरकारलाई दीर्घकालीन रूपमा यस्ता अप्रत्यक्ष करहरू स्थायी रूपमा घटाउने वा पुनर्वलोकन गर्न आग्रह गर्दछु । इन्धनको मूल्य सुलभ राख्नु हाम्रो अर्थतन्त्रलाई गतिशीलता दिनुपनि हो ।’

उनले नेपाली नेपाली राजनीतिमा एकता, सहमति र सहकार्यको आवश्यकता देखिएको बताउँदै सरकारलाई राजनीतिक दलहरूसँग संवाद गर्न सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =