इरानविरुद्धका सैन्य लक्ष्यहरू धेरै हदसम्म पूरा भएको अमेरिकाको भनाइ

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले मंगलवार अमेरिकाले इरानविरुद्धका आफ्ना सैन्य उद्देश्यहरू धेरै हदसम्म प्राप्त गरिसकेको बताएका छन् । साथै उनले तेहरानलाई वार्तामा आउन वा थप आर्थिक संकटको सामना गर्न तयार रहन चेतावनी दिँदै वार्ताका लागि समय घर्किँदै गएको उल्लेख गरे ।

बुडापेस्टमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भान्सले इरानको हतियार उत्पादन क्षमतालाई नियन्त्रण गर्ने प्रयास वासिङ्टनले जारी राख्ने बताए ।

भान्सले अमेरिकी सेनाले इरानको खार्ग टापुस्थित सैन्य लक्ष्यहरूमा आक्रमण गरेको पुष्टि गरे । यद्यपि पहिले नै तय गरिएको समयसीमा अनुरूप ऊर्जा पूर्वाधारहरूलाई भने लक्षित नगरिएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =