तोलामा दुई हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य
२०८२ चैत २३ गते

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घटेको छ । आइतबारको तुलनामा आज घटेको सुन प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदी ५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।
२०८२ चैत २३ गते
प्रतिक्रिया








