इरानमा खसेको एफ–१५ इका दुवै चालक दलका सदस्यहरूको उद्धार

एजेन्सी । इरानमा खसेको एफ–१५ इका दुवै चालक दलका सदस्यहरूलाई ‘भीषण भिडन्त’ पछि उद्धार गरिएको छ । अमेरिकी अधिकारीहरूले आईतबार सञ्चारमाध्यमलाई यसबारे जानकारी गराएका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा यस विकासको पुष्टि गरे । दोस्रो उद्धार गरिएका पाइलट घाइते छन् तर ‘सुरक्षित र स्वस्थ’ छन्, ट्रम्पले भने ।

विमान शुक्रबार सबेरै दक्षिणी इरानमा खसालिएको थियो । एक चालक दलका सदस्यलाई पहिले नै उद्धार गरिएको थियो । जबकि अमेरिकी र इरानी दुवै सेनाले दोस्रोको खोजी गरिरहेका थिए ।

ट्रम्पले दुई उद्धार अभियानका क्रममा कुनैपनि अमेरिकी सेवा सदस्य मारिएका वा घाइते नभएका दाबी गरेका छन् । यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले खोजी मिसनमा संलग्न एक अमेरिकी विमान पनि खसालिएको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =