अफगानिस्तानमा बाढीले बगाउँदा ७७ जनाको मृत्यु, १३७ घाइते
२०८२ चैत २३ गते

एजेन्सी । मुसलधारे वर्षाका कारण आएको आकस्मिक बाढीले अफगानिस्तानभर ७७ जनाको ज्यान लिएको छ भने १३७ जना घाइते भएका छन् ।
देशको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएअनुसार ३ हजार ४ सय ६६ घरहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै ३३७ किलोमिटर सडक बाढीले बगाएको छ । ११ हजार ६ सय ७६ एकड जमिन डुबानमा परेका छन् ।
त्यस्तै १ सय २१ वटा पानीका नहर र सिंचाई नेटवर्कमा क्षति भएको छ भने ५ हजार ८ सय ११ परिवारहरू विस्थापित भएका छन् । प्राकृतिक प्रकोपबाट प्रभावित अफगानिस्तानको मौसम विज्ञान विभागले आगामी दिनमा थप भारी वर्षाको पूर्वानुमान गरेको छ ।
विशेष गरी दुर्गम र जोखिमपूर्ण क्षेत्रहरूमा बाढीको उच्च जोखिमको चेतावनी दिएको छ ।
२०८२ चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित








