इजरायली आक्रमणले लेबनानको मस्जिदमा क्षति, सीमावर्ती हिंसा चर्कियो
२०८२ चैत २३ गते

एजेन्सी । इजरायल र हिजबुल्लाहबीचको सीमावर्ती हिंसा चर्किएसँगै लेबनानको बेका उपत्यकाको सोहमोर शहरमा रहेको एउटा मस्जिदमा इजरायली हवाई आक्रमण भएको छ ।
यसबाट भवन र वरपरका क्षेत्रमा ठूलो क्षति पुगेको छ । घटनास्थलबाट प्राप्त फुटेजमा मस्जिदभित्र व्यापक क्षति भएको देखिएको छ ।
भुइँमा भग्नावशेष, फुटेका सिसा र रगत देखिएको छ, जसले आक्रमणमा हताहत भएको संकेत गर्दछ । सोहमोर आक्रमणमा कति मानिस हताहत भए भन्नेकुरा तत्काल स्पष्ट हुन सकेको छैन ।
लेबनान–इजरायल सीमामा जारी तनाव र गोलाबारीका बीच यो सीमावर्ती हिंसा भएको हो । लेबनानको सार्वजनिक स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले आफ्नो दैनिक रिपोर्टमा मार्च २ देखि मृत्यु हुनेको संख्या १ हजार ४ सय २२ पुगेको र घाइतेको संख्या ४ हजार २ सय ९४ पुगेको जनाएको छ ।
२०८२ चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित








