माइडियाको नयाँ वर्ष अफर: पक्का उपहार, क्यासब्याक र बम्पर लक्की ड्र

काठमाडौँ । नयाँ वर्षको सुरुवातसँगै घरायसी जीवनलाई अझ स्मार्ट, सहज र आधुनिक बनाउने उद्देश्यले विश्वकै अग्रणी स्मार्ट होम एप्लायन्स ब्रान्ड माइडियाले ‘New Year. New Vibe.’ अभियान सार्वजनिक गरेको छ ।

नयाँ वर्षलाई नयाँ ऊर्जा, नयाँ सुविधा र नयाँ जीवनशैलीसँग जोड्ने सोचका साथ ल्याइएको यस अभियानले उपभोक्तालाई आकर्षक अफरहरूसँगै मूल्यवान् खरिद अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

यस अभियानअन्तर्गत माइडियाका विभिन्न उत्पादनहरू खरिद गर्दा ग्राहकहरूले रु. ३७,७०० सम्मको Cashback प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । साथै,
उत्पादनअनुसार निश्चित उपहारहरू पनि समावेश गरिएको छ, जसले ग्राहकलाई तुरुन्तै लाभ महसुस गराउने विश्वास रहेको कम्पनीले जानकारी दिएको छ । Side by Side तथा Multi Door Refrigerator खरिदमा माइडिया Induction उपलब्ध गराइनेछ, त्यसैगरी Front Load Washing Machine खरिद गर्दा ६ केजी Ariel, Top Load
Washing Machine खरिदमा २ केजी Ariel र Semi Automatic Washing Machine खरिदमा १ केजी Ariel उपलब्ध गराइनेछ । Dishwasher खरिदमा Dishwasher Tablets 2 pcs प्रदान गरिनेछ भने Microwave Oven खरिदमा Cooking Kit समावेश गरिएको छ ।

कम्पनीका अनुसार यस अभियानलाई अझ आकर्षक बनाउन बम्पर लक्की ड्र पनि समावेश गरिएको छ, जसअन्तर्गत भाग्यशाली एक जना ग्राहकले माइडिया को Multi Door Refrigerator जित्ने अवसर प्राप्त गर्नेछन् । ग्राहकहरूले QR Code स्क्यान गरी आफ्नो विवरण दर्ता गरेपछि उक्त Lucky Draw मा सहभागी हुन सक्नेछन् ।

‘New Year. New Vibe.’ अभियानले नयाँ वर्षसँगै नयाँ सोच, नयाँ सुविधा र स्मार्ट जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । अब ग्राहकहरूले माइडिया का उत्पादन खरिद गरी Cashback, निश्चित उपहार तथा QR Code स्क्यानमार्फत यस योजनामा सहभागी भई बम्पर पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले सर्तहरू लागू हुने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 2 =