काँग्रेस संस्थापनइतर नेताहरूको केन्द्रीय समिति बैठक आज पनि सुरु

काठमाडौं । नेपाली काँग्रेस संस्थापनइतर नेताहरुको केन्द्रिय समिति बैठक शुरु भएको छ ।

मंगलवार (हिजो)बाट शुरु भएको बैठकलाईं निरन्तरता दिइएको हो ।

पार्टीको आधिकारिता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेका पूर्णबहादुर खड्का–शेखर कोईराला समूहले आगामी दिनको रणनीति तय गर्न छलफल थालेको हो ।

काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा बसेको बैठकमा १४ औं केन्द्रिय कार्यसमितिमा रहेका यो समूहमा भएकाहरू सहभागी छन् ।

आजको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि सहभागी भएका छन् ।

संस्थापन इतर पक्षले आफ्नो समूहको गतिविधि अघि बढाएको पनि संस्थापन पक्षले भने आपत्ति जनाउँदै कारबाहीको तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =