जिल्ला सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री रमेश लेखकको बयान सुरु

काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेखकको बयान आजदेखि जिल्ला सरकारी वकिलको कार्यालयमा सुरु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकृतका अनुसार मंगलबार दिउँसोदेखि उनको बयान जारी रहेको छ ।

लेखकमाथि जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद थप गरेको थियो । यो म्याद जेनजी आन्दोलनको क्रममा भदौ २३ र २४ गते तत्कालीन गृहमन्त्रीको हैसियतमा लेखकले गरेको कामकारबाहीको विषयमा उठेका प्रश्नको अनुसन्धानका लागि दिइएको हो ।

सरकारले गठन गरेको जाँचबुझ आयोगले लेखकमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत अनुसन्धानको दायरामा समावेश गरिएको थियो ।

सिफारिसका आधारमा शनिबार बिहान ओली र लेखक दुबैलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 7 =