एमाले संसदीय दलको नेतामा सुहाङ नेम्वाङको दाबी

काठमाडौं । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा औपचारिक रूपमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

च्यासलमा जारी संसदीय दलको बैठकमा नेम्वाङले वर्तमान राजनीतिक परिस्थिति र जनभावनालाई ध्यानमा राख्दै दलको नेतामा आफूलाई प्रस्तुत गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकमा बोल्दै नेम्वाङले पार्टीको विधि, पद्धति र अग्रज नेताहरूको भूमिकाप्रति सम्मान व्यक्त गर्दै आफू जिम्मेवारी वहन गर्न तयार रहेको बताएका छन् । ‘पार्टीको विधि पद्धति र अग्रजहरूको भूमिकालाई सम्मान गर्दै म जिम्मेवारी निभाउन तयार छु । देशमा उत्पन्न वर्तमान परिस्थिति हामीले नजरअन्दाज गर्न पक्कै हुँदैन । सदन र सदन बाहिरको अवस्था हामी बुझ्न सक्छौँ,’ उनले भने ।

उनले आफ्नो दाबीलाई अग्रज नेतृत्वविरुद्धको प्रतिस्पर्धाका रूपमा नलिन आग्रह गर्दै वर्तमान आवश्यकता अनुसार युवाको ऊर्जा र अग्रजको अनुभवको संयोजन आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 10 =