पूर्वी भारतमा भागदौड हुँदा ८ महिलाको मृत्यु, १० घाइते
२०८२ चैत १८ गते

एजेन्सी । भारतको पूर्वी राज्य बिहारको एक मन्दिरमा मंगलबार भागदौड मच्चिँदा आठ महिलाको मृत्यु भएको छ । करिव १० जना घाइते भएका छन् ।
एक स्थानीय प्रहरी अधिकारीले टेलिफोनमार्फत यस घटनाको पुष्टि गरेका छन् । उनकाअनुसार बिहारको नालन्दा जिल्लास्थित दीपनगर क्षेत्रमा रहेको शीतला मन्दिरमा स्थानीय समयअनुसार बिहान १० बजेतिर उक्त भागदौड भएको हो ।
विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजहरूमा घाइते महिलाहरूलाई उपचारका लागि स्थानीय अस्पतालतर्फ लैजाँदै गरेको देख्न सकिन्छ । केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । उक्त घटनाको सम्बन्धमा अनुसन्धान गर्न छानबिनको आदेश दिइएको छ ।
२०८२ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित









