धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
२०८२ चैत १८ गते

फाइल फोटो
गोदावरी । धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर सञ्चालन गर्न मिल्ने पुल निर्माण भएको छ ।
धनगढी उपमहानगरपालिकाका इन्जिजियर रमेश खड्काका अनुसार तीन करोड ७१ लाख रुपैयाँ लागतमा उक्त पुल निर्माण भएको हो । पुल निर्माणपछि सेहरी र जोकैया गाउँका बासिन्दालाई कृषि उपज बजारसम्म पुर्याउन सहज भएको छ ।
२०८२ चैत १८ गते
प्रतिक्रिया








