काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश

काठमाडौं । आज बिहान पक्राउ परेका काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल हाजिरी जमानीमा रिहा हुने भएका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सुविधानगरस्थित निवासबाट पक्राउ गरेको थियो । रिजाल जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओका रूपमा कार्यरत थिए ।

उनमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप लागेको छ । सो घटनाबारे छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई कारबाही गर्न सिफारिस गरेको थियो ।

यद्यपि जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार उनलाई हाजिरी जमानीमा छाड्ने आदेश भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + one =