सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा रेसलर पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा एक रेसलर पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१२ घर भई हाल काठमाडौंको शान्तिनगर बस्दै आएकी ३५ वर्षीया भगवती खड्का रहेकी छन् । उनी रेसलर हुनुका साथै नेकपा एमाले समर्थकसमेत रहेको जनाइएको छ ।

प्रहरीका अनुसार खड्काले सामाजिक सञ्जालमा पीडित महिलाको तस्बिरमा अश्लील टिप्पणी गर्दै सार्वजनिक रूपमा बेइज्जत गराउने, घृणा र द्वेष फैलाउने कार्य गरेको आरोप छ । सोही आधारमा पीडितले साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।

उक्त उजुरीका आधारमा खड्कालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा चैत १७ गते काठमाडौंबाट पक्राउ गरिएको हो ।

जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि ४ दिनको म्याद थप गरेको छ । साइबर ब्यूरोका प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =