एमाले कार्यकर्तासँग भिड्ने सुरज खड्काको प्रेस पास निलम्बन, मिडिया पनि कालोसूचीमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार सुरज खड्का सञ्चालक रहेको अनलाइन मिडिया ‘एनपीएलप्रेस डटकम’लाई सूचीकरणबाट हटाएको छ ।

काउन्सिलले उक्त अनलाइनलाई कालोसूचीमा राख्दै औपचारिक रूपमा सूचीकरणबाट हटाउने निर्णय गरेको हो । साथै, सञ्चालक खड्काको प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा पत्राचार गरिएको छ ।

काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंहका अनुसार गत फागुन ८ गतेको निर्णयअनुसार उक्त मिडियालाई अवज्ञाकारी ठहर गर्दै कालोसूचीमा राखिएको हो ।

यससँगै पत्रकार सुरज खड्काको प्रेस पास निलम्बनका लागि प्रक्रिया अघि बढाइएको पनि काउन्सिलले जनाएको छ । खड्काले आइतबार नेकपा एमालेको प्रदर्शनका क्रममा अभद्र व्यवहार गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 18 =