काँग्रेसको संस्थापन इतर पक्षको केन्द्रीय समिति बैठक जारी (तस्बिरहरू)

काठमाडौं । नेपाली काँग्रेसभित्रको आन्तरिक विवादबीच संस्थापन इतर पक्ष (पूर्वसभापति शेरबहादुर देउवा समूह) ले बोलाएको केन्द्रिय समिति बैठक काठमाडौंमा जारी छ ।

बैठकलाई पूर्वसभापति देउवा निकट नेता तथा कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले अध्यक्षता गरेका हुन् ।

बैठकमा तीनवटा मुख्य एजेण्डामा छलफल भइरहेको बताइएको छ । यो बैठक निर्वाचन आयोगले विशेष महाधिवेशनपछिको नेतृत्वलाई वैधानिकता दिए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा देउवा–कोइराला समूहले समानान्तर गतिविधि अघि बढाएको सन्दर्भमा आएको हो ।

नेपाली काँग्रेसमा हाल गगन थापा नेतृत्वको पक्ष र देउवा–खड्का–कोईराला पक्षबीच आधिकारिकता र पार्टी संरचनाको विषयमा विवाद छ ।

संस्थापन इतर पक्षले यो बैठकलाई पार्टीको एकता र भावी रणनीति तय गर्न महत्वपूर्ण मानिरहेको छ ।

बैठकमा सहभागी नेताहरूले पार्टीको वर्तमान अवस्था, संगठनात्मक सुदृढीकरण र आगामी कार्यक्रमबारे छलफल गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =