घण्ट बजाएर मात्र हुँदैन, कानुनी तथ्य स्थापित हुनुपर्छ: गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले विधिको शासन र कानुनी प्रक्रियाको पालनामा जोड दिएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले अरूलाई लक्षित गरेर खाल्डो खन्ने प्रवृत्तिले अन्ततः आफैंलाई नोक्सान पु¥याउने संकेत गरेका छन् । ‘अरुलाई पुर्ने खाल्डो खन्दा आफै पसेर च्यापुसम्म पुरिने खन्नु भन्थे पुर्खाले,’ उनले उल्लेख गरेका छन् ।

बास्कोटाले विधिको शासन, कानुनी राज्य, मानवअधिकार तथा बालबालिका, ज्येष्ठ नागरिक र महिलाप्रति नेपाली समाजको मूल्य–मान्यताको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । उनले केवल औपचारिक रूपमा विरोध जनाउनु मात्र पर्याप्त नहुने पनि बताएका छन् ।

‘ घण्ट बजाएर मात्र हुदैन है। जोमाथि जेमा छानवीन गर्नु छ, गर,’ उनले भनेका छन्, ‘तर आग्रह होइन, कानुनी तथ्यहरू स्थापित हुनै पर्छ ।’ उनले निष्पक्ष छानवीन र प्रमाणमा आधारित निष्कर्ष आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =