रवि लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता
२०८२ चैत १७ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा ठाकुर पुगेका थिए ।
भेटका क्रममा दुवै नेताबीच वर्तमान राजनीतिक अवस्था, मधेस क्षेत्रको विकास तथा प्राथमिकतामा राख्नुपर्ने योजनाहरूका विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार पछिल्लो जनादेशलाई ध्यानमा राख्दै समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा दुवै पक्ष एकमत भएका छन् ।
२०८२ चैत १७ गते
प्रतिक्रिया
सम्बन्धित








