देउवा पक्षको काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

काठमाडौं । शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा गत पुसमा भएको विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ ।

खड्काले आगामी बिहीबार जिल्ला सभापतिहरूको भेला पनि बोलाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =