रमेश लेखकलाई रिहा गर्न सर्वोच्चले गर्यो अस्वीकार
२०८२ चैत १६ गते

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न अस्वीकार गरेको छ ।
लेखककी पत्नी यशोदा लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो ।
बन्दी प्रत्यक्षीकरण रिटमा लेखकलाई तत्काल रिहाइको माग गरिएको थियो । तर, सर्वोच्चले अस्वीकार गरिदियो ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा सरकारले लेखकलाई शनिवार बिहानै पक्राउ गरेको थियो । आइतबार अदालतबाट ५ दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको छ ।
२०८२ चैत १६ गते
प्रतिक्रिया
सम्बन्धित








