केपी ओली र रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज 

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै छ ।

गैरकानुनी रूपमा थुनामा राखिएको र तत्काल रिहाइ गर्न माग गर्दै आइतबार यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले दर्ता गराएको निवेदनको सुनुवाइका लागि सोमबार पेसी तोकिएको हो ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखक शनिबार पक्राउ परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 10 =