कांग्रेस नेता दीपक खड्कालाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले कांग्रेस नेता दीपक खड्कालाई सात दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश शिवप्रसाद पराजुलीको इजलासले पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि सिआइबीले उनलाई आइतबार बिहान पक्राउ गरेको थियो । उनलाई हिरासतमा राखेर अनुसन्धानका लागि अनुमति लिन आइतबार अपराह्न जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + five =